Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वर्षा शिवाकोटीले गरिन् फेसबुक डिएक्टिभेट

वर्षा शिवाकोटीले गरिन् फेसबुक डिएक्टिभेट

  • बिहिवार, कार्तिक ३ २०७९

  • 726
    SHARES

  • वर्षा शिवाकोटीले गरिन् फेसबुक डिएक्टिभेट

    काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटीले फेसबुक डिएक्टिभेट गरेकी छिन् । उनको फेसबुक बिहिबार दिउँसोदेखि डिएक्टिभेट भएको छ ।

    उनले पछिल्लो पटक ‘मिनी हार्ट अट्याक’ भनेर फेसबुक पोस्ट गरेकी थिइन् । त्यसपछि उनलाई धेरैले कमेन्टमा स्वास्थ्य लाभको कामनासमेत गरेका थिए । त्यसपछि उनले उक्त पोस्टलाई एडिट गर्दै अर्थक्वेकफेल्ट भनेर ह्यासट्यागसमेत थपेकी थिइन् ।

    वर्षाको उक्त पोस्टमा थुप्रैले विभिन्न खालका प्रतिक्रिया दिइरहेका थिए । तर अपरान्हदेखि वर्षाको फेसबुक डिएक्टिभेट भएपछि मानिसहरुलाई यसबारे चासो भएको छ । आखिर उनले किन फेसबुक डिएक्टिभेट गरिन् त भनेर धेरैले आश्चर्य व्यक्त गरिरहेका छन् ।


    वर्षाको फेसबुक डिएक्टिभेट भएपनि उनको इन्स्टाग्राम भने एक्टिभ नै छ ।


    बिहिवार, कार्तिक ३ २०७९०५:०१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij