Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओली भन्छन् – एमाले सरकार बनेपछि वृद्धभत्ता पाँच हजार पुग्छ

ओली भन्छन् – एमाले सरकार बनेपछि वृद्धभत्ता पाँच हजार पुग्छ

  • बिहिवार, कार्तिक ३ २०७९

  • 939
    SHARES

  • ओली भन्छन् – एमाले सरकार बनेपछि वृद्धभत्ता पाँच हजार पुग्छ

    काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले निर्वाचनपछि वृद्धभत्ता पाँच हजार पुर्‍याउने आश्वासन दिनुभएको छ ।

    झापाको दमकमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले एमाले नेतृत्वको सरकार बनेपछि वृद्धाभत्ता बढाएर पाँच हजार पुर्‍याउने आश्वासन दिनुभएको हो ।

    ‘हामीले एक सयबाट सुरु गरेको वृद्धभत्ता चार हजार पुगेको छ । चुनावपछि एमाले सरकार बन्छ र त्यसले पाँच हजार पुर्‍याउँछ,’ उहाँले भन्नुभयो, ‘हामीले सबै क्षेत्रमा असाधारण काम गरेका छौँ, कर्मचारीको तलब २५ प्रतिशत बढेको इतिहास सायद थिएन, तर हामीले बढायौँ ।’


    बिहिवार, कार्तिक ३ २०७९०३:१३:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij