Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मंसिर ४ को निर्वाचन अग्रगमनकारी र प्रतिगमनकारीबीचको लडाइँ हो : प्रचण्ड

मंसिर ४ को निर्वाचन अग्रगमनकारी र प्रतिगमनकारीबीचको लडाइँ हो : प्रचण्ड

जनमत निर्माणमा लाग्न निर्देशन
  • बुधवार, कार्तिक २ २०७९

  • 662
    SHARES

  • मंसिर ४ को निर्वाचन अग्रगमनकारी र प्रतिगमनकारीबीचको लडाइँ हो : प्रचण्ड
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ गते हुने आमनिर्वाचन सामान्य निर्वाचन नभएको बताउनुभएको छ । मंसिर ४ को चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँ भएको प्रचण्डको भनाइ छ । 
     
    ललितपुरमा प्रेस सेन्टर नेपालको कार्यक्रममा बोल्दै प्रचण्डले मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन मात्रै हो भन्ने छुट नभएको भन्दै जनमत निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।  प्रतिक्रियावादीहरूले माओवादी र त्यसको नेतृत्वमाथि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै प्रचण्डले भन्नुभयो, ‘हामी बलियो हुँदा परिवर्तन जोगिन्छ र समाजवादमा जान आधार पनि तयार हुन्छ ।’
     
    माओवादीसँग हिजो जस्तो फौज नभएकाले शान्तिपूर्ण प्रतिस्पर्धाबाटै आफ्नो श्रेष्ठता साबित गर्नुपर्ने चुनौती रहेको उहाँको भनाइ छ । उहाँले प्रतिक्रान्तिको खतरा अझैपनि कायम रहेको जिकिर गर्दै आफूहरूकै सक्रियताका कारण गत वर्ष केपी ओलीको प्रतिगमनलाई परास्त गर्न सकिएको बताउनुभयो ।  उहाँले खासखास निर्वाचन क्षेत्रमा प्रतिक्रियावादीहरू सलबलाएको उल्लेख गर्दै प्रचण्डले त्यहाँ चलाइएका भ्रमलाई चिर्न जरुरी रहेको पनि बताउनुभयो ।


    बुधवार, कार्तिक २ २०७९०१:११:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij