Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

टिकटक लाइभ हेर्न अब १८ वर्ष पुरा गरेको हुनुपर्ने

टिकटक लाइभ हेर्न अब १८ वर्ष पुरा गरेको हुनुपर्ने

  • मंगलवार, कार्तिक १ २०७९

  • 856
    SHARES

  • टिकटक लाइभ हेर्न अब १८ वर्ष पुरा गरेको हुनुपर्ने

    काठमाडौं । टिकटकले आफ्नो प्लाटफर्ममा लाइभस्ट्रिम गर्ने प्रयोगकर्ताको उमेर हद तोकेको छ । साथै, लाइभ कार्यक्रमलाई ‘एडल्ट–ओल्नी’ अर्थात् १८ वर्षभन्दा माथिका प्रयोगकर्ताले मात्रै हेर्न मिल्ने बनाउन यसमा नयाँ फिचर समावेश गरिने टिकटकले घोषणा गरेको छ । हाल टिकटकमा लाइभस्ट्रिम होस्ट गर्न १६ वर्षको हुनुपर्ने नियम छ । मंसिर ७ देखि भने लाइभ गर्न १८ वर्षको हुनुपर्ने भनिएको छ ।

    टिकटक समुदायमा बालबालिका र किशोरकिशोरीलाई सुरक्षित राख्न यस्तो परिवर्तन ल्याउन लागेको कम्पनीले जनाएको छ । लाइभस्ट्रिम फिचरमा एडल्ट ओल्नी विकल्प राखिए पनि यसको अर्थ टिकटकमा नग्नता, पोर्नोग्राफी वा अश्लील सामग्रीलाई खुला गरिएको होइन । वयस्कहरूका लागि बनाइएका कन्टेन्ट नाबालिगहरूसम्म नपुगुन् भनेर उमेर हदको फिचर ल्याउन लागेको टिकटकले जनाएको छ । लाइभ आउने किशोरकिशोरीलाई भ्युअर्सले धम्की दिने, दुर्व्यवहार गर्नेजस्ता घटना समेत हुने गरेका छन् ।

    ‘टिकटकमा लाइभ गर्दा अडियन्सको उमेर छान्ने सुविधा हाम्रा क्रिएटरहरूलाई उपलब्ध गराउने भएका छौं,’ टिकटकले आफ्नो ब्लग पोस्टमा भनेको छ, ‘उदाहरणका लागि लाइभमा चुट्किलाहरू सुनाउने हो भने त्यसका लागि १८ वर्षभन्दा माथिका अडियन्स उपयुक्त होलान् । लाइभ गर्नेलाई आफ्नो जीवनको कठिन अनुभवहरू साझा गर्न मन लाग्ला, त्यो पनि वयस्क अडियन्सले मात्रै सुने राम्रो होला ।’ यसका साथै टिकटकले किवर्ड फिल्टरिङ टुल पनि सार्वजनिक गर्न लागेको छ । यसमा प्रयोगकर्ताले आफूलाई आपत्तिजनक लाग्ने शब्दहरू ९किवर्ड० उल्लेख गरेमा ती शब्दहरू साथीभाइले आफ्ना पोस्टको कमेन्टमा लेख्न पाउँदैनन् । साथै, टिकटकले ‘मल्टि–गेस्ट’ फिचर पनि सार्वजनिक गर्ने जनाएको छ । यसमा लाइभ गर्नेले अन्य पाँचलाई मोडरेटरका रूपमा समावेश गर्न सक्नेछन् ।

    अस्वस्थ क्रियाकलाप वा गोपनीयता उल्लंघनजस्ता गतिविधिका कारण टिकटकमार्फत् बालबालिकालाई हानी पुग्न सक्ने विषयमा चिन्ता प्रकट हुने गरेका छन् । यस विषयलाई सम्बोधन गर्न विभिन्न देशले टिकटकलाई दबाब पनि दिइरहेका छन् । अहिलेको उमेर प्रतिबन्धले लाइभ कार्यक्रममा हुने दुर्व्यवहारहरू बन्द नगरे पनि टिकटकले यो विषयलाई सम्बोधन गर्न खोज्नु सकारात्मक भएको विज्ञहरूको भनाइ छ ।


    मंगलवार, कार्तिक १ २०७९०५:२२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij