काठमाडौँ – ललितपुरमा भोलि बिहान चार बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाइने भएको छ।
ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस् भन्नका लागि आफूहरुले कर्फ्यु लगाउने निर्णय गरेको जानकारी दिए।
रातो मच्छिन्द्रनाथको रथ तान्न क्रममा आज दिउँसो स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो।
झडपमा प्रहरी र स्थानीय बासिन्दा गरी दुवै तर्फ थुप्रै घाइते भएका छन्।
कोरोना भाइरसको फैलावट रोक्न जारी गरिएको निषेधाज्ञाकाबीच रातो मच्छिन्द्रनाथको रथ तान्न सयौँ नागरिकहरु सडकमा उत्रेपछि प्रहरीले रोक्न खोेज्दा भिडन्त भएको थियो।