Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आजको बजारः नेप्सेमा सामान्य अंकको गिरावट,दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

आजको बजारः नेप्सेमा सामान्य अंकको गिरावट,दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

  • सोमवार, आश्विन ३१ २०७९

  • 591
    SHARES

  • आजको बजारः नेप्सेमा सामान्य अंकको गिरावट,दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सामान्य अंकले घटेको छ । आज नेप्से २.६१ अंकले घटेर एक हजार ८ सय ५८ दशमलब ३३ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा ५१ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज कारोबार भएका कम्पनीमध्ये ५३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८०८ रुपैयाँ पुगेको छ भने सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २१४.२० रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार पिपुल्स पावरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज २ करोड ७९ लाख भन्दा बढीको कारोबार भएको छ ।


    सोमवार, आश्विन ३१ २०७९०३:४६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij