Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको बैठक बस्दै, शीर्ष नेताले संयुक्त अपिल जारी गर्ने

सत्ता गठबन्धनको बैठक बस्दै, शीर्ष नेताले संयुक्त अपिल जारी गर्ने

  • सोमवार, आश्विन ३१ २०७९

  • 679
    SHARES

  • सत्ता गठबन्धनको बैठक बस्दै, शीर्ष नेताले संयुक्त अपिल जारी गर्ने
    काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिनुभयो । 
     
    बागी उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक बोलाइएको हो । आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरूलाई गठबन्धनमा रहेका पार्टीहरूले छानबिन गरी कारबाही गर्ने भएका छन् । 
     
    भुसालका अनुसार प्रतिनिधि र प्रदेश सभामा गठबन्धन भएका क्षेत्रमा गठबन्धन दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता गर्न निर्देशन दिएपनि कतिपयले फिर्ता नलिएकाले उनीहरूलाई कस्तो कारबाही गर्ने भन्नेबारे छलफल हुनेछ ।
     
    त्यस्तै गठबन्धनका शीर्ष नेताले आज नै संयुक्त अपिल जारी गर्ने भएका छन् । अपिलमा गठबन्धनको औचित्य, आवश्यकता तथा गठबन्धनलाई मत दिनुपर्नाको कारणबारे खुलाउँदै अपिल जारी गर्न लागेका हुन् ।
     


    सोमवार, आश्विन ३१ २०७९११:२५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij