Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले पत्रकार सम्मेलन गर्दै, घोषणापत्र र पार्टी गतिविधिबारे जानकारी गराइने

कांग्रेसले पत्रकार सम्मेलन गर्दै, घोषणापत्र र पार्टी गतिविधिबारे जानकारी गराइने

  • सोमवार, आश्विन ३१ २०७९

  • 506
    SHARES

  • कांग्रेसले पत्रकार सम्मेलन गर्दै, घोषणापत्र र पार्टी गतिविधिबारे जानकारी गराइने
    काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टी मुख्यालय सानेपामा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।
     
    कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पत्रकार सम्मेलनमार्फत कांग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, केन्द्रीय प्रचार प्रसार समितिका संयोजकसमेत रहनुभएका प्रवक्ता महतले निर्वाचन र पार्टी गतिविधिसम्बन्धी पछिल्लो जानकारीहरू दिनुहुने छ ।
     
    पत्रकार सम्मेलनमा आगामी निर्वाचनका लागि घोषणा पत्रको बारेमा जानकारी गराइनेछ ।
     


    सोमवार, आश्विन ३१ २०७९१०:४०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij