Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आचारसंहिता अनुगमनको जिम्मा गुप्तचरलाई दिएकोप्रति महासंघको आपत्ति

निर्वाचन आचारसंहिता अनुगमनको जिम्मा गुप्तचरलाई दिएकोप्रति महासंघको आपत्ति

  • शुक्रवार, आश्विन २८ २०७९

  • 714
    SHARES

  • निर्वाचन आचारसंहिता अनुगमनको जिम्मा गुप्तचरलाई दिएकोप्रति महासंघको आपत्ति

    काठमाडौं । नेपाल पत्रकार महासंघले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन आचारसंहिताअन्तर्गत पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचारसंहितासमेत पालना भए/नभएको अनुगमन गर्ने जिम्मा निर्वाचन आयोगले विभागलाई दिएकोप्रति महासंघले असहमति जनाएको हो ।

    ‘आचारसंहिताको पालना गरे नगरेको अनुगमन गर्ने काम प्रेस काउन्सिल नेपालले गर्दै आएको छ,’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सञ्चारजगतले स्वनियमनको सिद्धान्तअनुसार सञ्चारक्षेत्र आफैले बनाएको आचारसंहिता पालना गर्दै आइरहेकोतर्फ आयोगको ध्यानाकर्षण गराउँदै विभागमार्फतको अनुगमन नेपाली सञ्चार क्षेत्रलाई मान्य नहुने कुरा प्रष्ट पार्न चाहन्छौँ ।’

    यस्तै आयोगले चुनाव प्रचार÷प्रसारसम्बन्धी विज्ञापनको विषयमा अनलाइन सञ्चारमाध्यमप्रति विभेद गरेकोमा पनि महासंघको ध्यानाकर्षण भएको पनि महासंघले जनाएको छ । ‘लोकतन्त्रमा सबै सञ्चारमाध्यमको भूमिका समान हुने कुरामा महासंघ विश्वस्त छ । संवैधानिक आयोगबाटै भएको विभेद आपत्तिजनक भएकोले तत्काल सच्याएर सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न र अनलाइन सञ्चारमाध्यमले पनि निर्वाचनका प्रचार/प्रसारसम्बन्धी विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने व्यवस्था गर्न जोडदार माग गर्दछ,’ महासंघको विज्ञप्तिमा भनिएको छ ।

     

    f_oZuMjWJ9gR.jpg


    शुक्रवार, आश्विन २८ २०७९०३:१२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij