Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

आयातमा लगाइएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने सरकारको निर्णय

आयातमा लगाइएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने सरकारको निर्णय

  • शुक्रवार, आश्विन २८ २०७९

  • 485
    SHARES

  • आयातमा लगाइएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने सरकारको निर्णय

    काठमाडौं । सरकारले महंगा विलासी गाडी, मदिरा, १५० सीसीभन्दा माथिका मोटरसाइकल र मोबाइल आयातमा लाग्दै आएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याएको छ ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिशमा यी चार वस्तुको पैठारी रोक्ने निर्णयलाई शुक्रवारको मन्त्रिपरिषद्को बैठकले निरन्तरता दिएको हो ।

    सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चार प्रकारका वस्तुको पैठारीमा लाग्दै आएको बन्देज मंसिर मसान्तसम्म लम्ब्याइएको जानकारी दिनुभयो । गाडीको आयात प्रतिबन्ध आजसम्म तोकिएको थियो ।

    राष्ट्रिय ढुकुटीमा विदेशी मुद्राको सञ्चिती घट्दै गएपछि सरकारले विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । शुक्रवारको मन्त्रिपरिषद् बैठकले विदेशी लगानीको न्युनतम सीमा २ करोड रुपैयाँ तोकेको छ ।


    शुक्रवार, आश्विन २८ २०७९०२:४५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij