Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमालेमाथि खनिए रावल, वालुवाटारमा सुतेर बिताएको आरोप (खास खबर)

एमालेमाथि खनिए रावल, वालुवाटारमा सुतेर बिताएको आरोप (खास खबर)

  • बिहिवार, आश्विन २७ २०७९

  • 943
    SHARES

  • एमालेमाथि खनिए रावल, वालुवाटारमा सुतेर बिताएको आरोप (खास खबर)

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी प्रवृत्तिका कारण आफू टिकट पाउनबाट बञ्चित भएको बताउनुभएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै रावलले सर्वसम्मत एकल सिफारिस हुँदा पनि टिकट नदिनुले अछाम र सुदूरपश्चिमका जनताको अपमान भएको टिप्पणी गनुभयो । अछाम १ बाट रावल एकल सिफारिस भएपनि अन्ततः माओवादीबाट एमाले प्रवेश गरेका झपट बहादुर बोहोरालाई एमालेले टिकट दिएको छ । रावलले आफूविरुद्ध जतिसुकै घेराबन्दी गर्दा पनि हराउन नसकिने देखेपछि टिकट नै नदिएको आरोप पनि लगाउनुभयो । रावलले उम्मेदवार हुने वा नहुने र पदमा पुग्ने नपुग्ने विषयलाई प्राथमिकतामा नराखेको भन्दै आफूले विधि र पद्धतिको कुरा उठाएको बताउनुभयो । पत्रकार सम्मेलनमा रावल विशेषगरी ओलीमाथि खनिएका थिए ।

    प्रधानमन्त्री हुँदा ओलीले आधाभन्दा बढी समय सरकारी निवास र अस्पतालमा बिताएको रावलले टिप्पणी गर्नुभएको छ । पार्टी अध्यक्षकै कुरा गर्ने हो भने संसदमा अत्यन्त संवेदनशील विषयमा छलफल हुँदा सहभागी नहुने, आफूलाई बोल्न मन लागेका बेला मात्र अरुलाई उपस्थित हुन उर्दी गरेर झुल्किने, झण्डै दुई तिहाइको प्रधनममन्त्री हुँदा आधा भन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने, देश र जनताको हित एवं सरोकारका विषयमा निरन्तर संसदमा र संसदीय समितिमा सक्रियताका साथ आवाज उठाउने र कानुन निर्माणमा क्रियाशील रहनेले क्षेत्र, जिल्ला र प्रदेशबाट सर्वसम्मत रुपमा एकल सिफारिस हुँदा पनि उम्मेदवार हुन नपाउने किन ? भन्दै रावलले प्रश्न गर्नुभयो ।

    एमालेले नयाँ व्यक्तिलाई अवसर दिने भने पनि उनी निकटका नेताहरुको हकमा यो व्यवस्था लागू नगरेको रावलले बताउनुभयो । रावलले एमालेका सबै उम्मेदवारलाई सहयोग गर्न नसकिने पनि स्पष्ट पार्नुभएको छ । रावलको पत्रकार सम्मेलनसँगै एमालेमा तरंग सिर्जना भएको छ । ओलीले गरेका गलत कार्य भन्दै रावलले फेहरिस्त सुनाएका थिए । रावलले एमालेलाई भने नछोड्ने घोषणा गरेका छन् ।

     


    बिहिवार, आश्विन २७ २०७९०७:३२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij