Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

लुम्बिनीका मुख्यमन्त्री केसीमाथि उम्मेदवार अपहरण गरेको आरोप

लुम्बिनीका मुख्यमन्त्री केसीमाथि उम्मेदवार अपहरण गरेको आरोप

  • बुधवार, आश्विन २६ २०७९

  • 471
    SHARES

  • लुम्बिनीका मुख्यमन्त्री केसीमाथि उम्मेदवार अपहरण गरेको आरोप

    काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीमाथि उम्मेदवार अपहरण गरेको आरोप लगाइएको छ ।

    मुख्यमन्त्री केसीमाथि माओवादी छाडेर दाङ क्षेत्र नम्बर १ प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका टंक विष्टलाई अपहरण गरेको उहाँका परिवारले आरोप लगाएका हुन् ।

    टंककी बुहारी गौरी विष्टका अनुसार राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले मुख्यमन्त्री केसीले बोलाएको भनेर घरमै आएर लगेका थिए । त्यसपछि मोबाइल स्वीचअफ गरिएको र पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्क नहुँदा अपहरण गरेको आशंका भएको उहाँले जानकारी दिनुभयो ।

    प्रदेशसभाका आकांक्षी विष्टले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो। माओवादीले उहाँलाई उम्मेदवारी फिर्ता लिन पटक(पटक दबाब दिएको उहाँको परिवारले जनाएको छ । विष्टले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने अडान लिएपछि अपहरण गरिएको परिवारको आशंका छ ।

    उहाँलाई लुम्बिनीका मुख्यमन्त्री केसी, माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालगायतका नेताले पटक–पटक फोन गरेको पारिवारिक स्रोतले जनायो । बुहारी गौरीले अपहरणको आरोप लगाए पनि प्रहरीमा भने कुनै उजुरी दिएका छैनन् ।

    इलाका प्रहरी कार्यालय भालुवाङले यसबारे कुनै जानकारी नभएको र बुझेरमात्रै बताउन सकिने जनाएको छ ।


    बुधवार, आश्विन २६ २०७९०१:३८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij