Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जी सेभेनले युक्रेनमाथि भएको रुसी हमला रोक्न पर्याप्त सहयोग गर्ने  

जी सेभेनले युक्रेनमाथि भएको रुसी हमला रोक्न पर्याप्त सहयोग गर्ने  

  • बुधवार, आश्विन २६ २०७९

  • 651
    SHARES

  • जी सेभेनले युक्रेनमाथि भएको रुसी हमला रोक्न पर्याप्त सहयोग गर्ने  
    एजेन्सी । धनी राष्ट्रहरूको समूह जी७ का नेताहरूले युक्रेनलाई सहयोग जारी राख्ने बताएका छन् । सोमबार युक्रेनमाथि भएको रुसी क्षेप्यास्त्र हमलालाई मध्यनजर गर्दै उनीहरूले ‘जतिञ्जेल लाग्छ त्यतिञ्जेल’ सहयोग गर्ने बताएका हुन् । 
     
    मंगलबार आकस्मिक भर्चुअल कुराकानी गर्दै जी सेभेन नेताहरूले युक्रेनलाई सैन्य र मानवीय सहायता जारी राख्ने बताए । नेटोले पनि आवश्यक भएसम्म युक्रेनको साथमा रहने बताएको छ ।
     
    किभसहित युक्रेनभरि भएको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको थियो । कैयौँ घाइते भएका थिए । आक्रमण मंगलबार पनि जारी थियो । नागरिकहरूलाई सुरक्षित आश्रयमा बस्न भनिएको थियो । 
     
    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी कब्जामा रहेको क्राइमियालाई रुससँग जोड्ने पुलमा भएको आक्रमण बदलामा आक्रमण गरिएको बताएका थिए । उक्त पुलमा भएको आक्रमणको लागि पुटिनले युक्रेनलाई आरोप लगाएका छन् । 
     
    यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जी७ नेताहरूलाई रुसलाई रोक्न पर्याप्त हवाई रक्षा सामर्थ्य उपलब्ध गराउन आग्रह गरेका छन् ।उनले युक्रेन–बेलारुस सीमामा अन्तर्राष्ट्रिय मिसनलाई सहयोग गर्न पनि गठबन्धनलाई आग्रह गरेका छन् । 


    बुधवार, आश्विन २६ २०७९०६:२८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij