Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
रुस–युक्रेन युद्ध

रुसद्वारा युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र प्रहार

रुसद्वारा युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र प्रहार

  • सोमवार, आश्विन २४ २०७९

  • 735
    SHARES

  • रुसद्वारा युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र प्रहार
    एजेन्सी । रुसले युक्रेनको राजधानी किभमा युद्ध सुरु भएयता महिनौँपछि पहिलो पटक आक्रमण गरेको छ । रुसले किभ र अन्य सहरहरूमा तीव्र आक्रमण गरेको र धेरै विस्फोट भएका खबरहरू आइरहेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । 
     
    युक्रेनका कमान्डर इन चिफ भ्यालेरी जालुज्नीले रुसले युक्रेनमा हालसम्म ७५ वटा क्षेप्यास्त्र प्रहार गरेको र आक्रमण जारी रहेको बताए । स्थानीय समयअनुसार बेलुका ०८ः०० बजे किभको मध्य भागमा कम्तीमा दुईवटा विस्फोटको आवाज सुनिएको थियो । रुस–युक्रेन युद्धबीच धेरै महिनामा किभमा पहिलो पटक हमला भएको हो । 
     
    विस्फोटहरू अघिल्लो रुसी आक्रमणको तुलनामा धेरै राजधानीको केन्द्रबिन्दु भएको देखिएको समाचारमा जनाइएको छ । रुसले कब्जा गरेको क्रिमियासँग जोड्ने एक मात्र पुलमा विस्फोट भएर क्षतिग्रस्त भएको दुई दिनपछि रुसले किभमा आक्रमण गरेको हो । 
     
    यस्तै, रुसले लभिभ, डिनिप्रो र जापोरिज्जियालगायत युक्रेनका अन्य सहरमा मिसाइल प्रहार गरी आक्रमण गरेको रिपोर्ट सार्वजनिक भएका छन् । 
     
    युक्रेनी अधिकारीहरूले जापोरिज्जियामा रातभर भएको मिसाइल आक्रमणमा परि धेरै युक्रेनीहरू घाइते भएको बताएका समाचारमा उल्लेख छ । तर, युक्रेनका रक्षामन्त्रीले रुसी आक्रमणले युक्रेनीहरूलाई युद्धबाट रोक्न नसक्ने बताएका छन् ।
     
    यता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमियाको पुलमा भएको विस्फोटबारे छलफल गर्न आज सुरक्षा परिषद्को बैठक बोलाएका छन् । उनले बैठकको अध्यक्षता गर्दै छन् । 


    सोमवार, आश्विन २४ २०७९०२:४७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij