काठमाडौं । अभिनेत्री रेखा थापाले आसन्न निर्वाचनका लागि उम्मेदवारी मनोनयन पत्र दर्ता गराएकी छन् । उनले आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएकी हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट रेखाले मोरङ क्षेत्र नम्बर–३ मा मनोनयन पत्र दर्ता गराएकी छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।