Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस र लोसपाका नेताहरूबीच बालुवाटारमा छलफल

कांग्रेस र लोसपाका नेताहरूबीच बालुवाटारमा छलफल

  • शनिवार, आश्विन २२ २०७९

  • 725
    SHARES

  • कांग्रेस र लोसपाका नेताहरूबीच बालुवाटारमा छलफल
    काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँटको विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरू निरन्तर छलफलमा जुटिरहेका छन् ।
     
    प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सिट बाँडफाँटको विषय टुंग्याउने गरी नेताहरू सकारात्मक प्रयासमा रहेको लोसपाका नेता केशव झाले जानकारी दिनुभयो ।
     
    सत्ता गठबन्धनको सहयात्री दल जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोसपा गठबन्धनमा सहभागी भएको छ । 
     
    छलफलमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू सहभागी छन् भने लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू शरत्सिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनाललगायत सहभागी छन् ।


    शनिवार, आश्विन २२ २०७९०४:२१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij