काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले जनताको सर्वाेच्च निकाय प्रतिनिधि सभा भंग गर्नेहरुलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताउनु भएको छ ।
एकीकृत समाजवादी क्षेत्र नं १, दाङको आयोजनामा लमहीमा आयोजित दसैँ तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री चौधरी भन्नुभयो ‘सबै मिलेर विगतमा पञ्चायत फालियो ।
राजतन्त्र फालियो ।नयाँ संविधानमार्फत् गणतन्त्र पनि सबै मिल्दा मात्र संभव भएको हो ।
अब फेरि जसले जनताको सर्वाेच्च निकाय प्रतिनिधि सभा दुई दुई पटक भंग गर्याे त्यसलाई सजाय दिने सुनौलो अवसर आएको छ ।’