Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

नेकपा एमाले म्याराथन दैडिने पार्टी हो : ओली

नेकपा एमाले म्याराथन दैडिने पार्टी हो : ओली

  • शनिवार, आश्विन १५ २०७९

  • 384
    SHARES

  • नेकपा एमाले म्याराथन दैडिने पार्टी हो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको दाबी गर्नुभएको छ।

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको प्रष्ट पार्नुभएको छ ।

    उहाँले यो ढोडको लौरो टेक्ने पार्टी होइन आफ्नै खुट्टामा भर परेर हिँड्ने पार्टी भएकाले आगामी निर्वाचनमा बहुमत ल्याउने जिकिर गर्नुभयो।
    अध्यक्ष ओलीले एमालेको एजेण्डाले देश, जनता, शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, विकास र जनताको सेवा एवं हितलाई सम्बोधन गर्ने भएकाले निर्वाचनमा जनताले यसैको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

    यसैबिच, सप्तरीको मलेठमा ५ जनाको भएको घटनाको ६ बर्षपछि अध्यक्ष केपी शर्मा ओली सप्तरी जानुभएको छ।

    जिल्लाको कंचनरुप नगरपालिकामा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न ओली त्यहाँ जानु भएको हो ।

     

     


    शनिवार, आश्विन १५ २०७९०६:१४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij