Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

युक्रेनका चारवटा भूभाग आफ्नो देशमा गाभिएको पुटिनको घोषणा

युक्रेनका चारवटा भूभाग आफ्नो देशमा गाभिएको पुटिनको घोषणा

  • शुक्रवार, आश्विन १४ २०७९

  • 709
    SHARES

  • युक्रेनका चारवटा भूभाग आफ्नो देशमा गाभिएको पुटिनको घोषणा
    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा भूभाग रुसमा गाभिएको घोषणा गरेका छन् । राजधानी मस्कोमा आयोजित कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सन क्षेत्र रुसमा गाभिएको घोषणा गरे ।
     
    पुटिनले चारवटा क्षेत्र रुसी महासंघको नयाँ क्षेत्र भएको दाबी गरेका छन् । उनले त्यस क्षेत्रमा बसोबास गर्ने दसौं लाख मानिसको चाहनामा त्यस्तो निर्णय गरेको बताए । ‘परिणाम सबैलाई राम्रोसँग जानकारी छ, पुटिनले भने,’जनताले आफ्नो चाहना व्यक्त गरेका छन् ।’ रुसी राष्ट्रपति पुटिनले भनेको जनमतसंग्रहलाई पश्चिमा राष्ट्र र अन्तर्राष्ट्रिय कानुनका ज्ञाताहरूले भर्त्सना गरेका छन् ।
     
    ‘संघीय संसद्ले यी चारवटा नयाँ क्षेत्रलाई रुसी महासंघको नयाँ विषय भएकोमा समर्थन गर्नेमा निश्चित छु, किनभने यो दसौं लाख मानिसको चाहना हो, पुटिनले भने ।’ पुटिनले मतपरिणाम दिनेहरूको प्राकृतिक अधिकार भएको पनि बताए । साथै इतिहासमा पुस्तौंदेखि रुसीहरूले यो भूभागका लागि लडेको दाबी गरेका छन् ।
     
    कार्यक्रममा रुसले त्यस क्षेत्रमा नियुक्त गरेका ४ जना अधिकारीहरूले विलय सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । तर रुसी राष्ट्रपति पुटिनले सोभियत संघलाई पुनर्स्थापित गर्न नखोजेको बताएका छन् । सन् १९९१ मा सोभियत संघ विघटनपछि युक्रेन देशको रुपमा उदाएको थियो ।


    शुक्रवार, आश्विन १४ २०७९०७:२८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij