Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमालेको सचिवालय बैठक बोलाइयो, यस्ता छन् एजेण्डा

एमालेको सचिवालय बैठक बोलाइयो, यस्ता छन् एजेण्डा

  • बुधवार, आश्विन १२ २०७९

  • 1.1K
    SHARES

  • एमालेको सचिवालय बैठक बोलाइयो, यस्ता छन् एजेण्डा
    काठमाडौं । प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बिहीबार भोलि दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेगरी बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनुभयो ।
     
    उहाँले बैठकका एजेण्डा प्राप्त नभएपनि प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल हुने बताउनुभयो । नेकपा एमालेले असोज १६ भित्र प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने बताउँदै आएको छ । 
     
    उम्मेदवार छान्नका लागि यसअघि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयलाई जिम्मा दिइसकेको छ । एमालेमा प्रत्यक्षतर्फका उम्मेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् । निर्वाचन आयोगले असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनको समय निर्धारण गरेको छ ।
     


    बुधवार, आश्विन १२ २०७९०४:४७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij