काठमाडौं । साताको चौथो दिन बुधबार(आज) शेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । नेप्से हिजो दोहोरो अंकले बढेको थियो । आज बजार परिसूचक नेप्से ६.४१ अंकले वृद्धि भएर १८३७.४६ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.४५ अंकले वृद्धि भएर ३५९.५९ अंकमा बन्द भएको छ ।
नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा व्यापार, वित्त कम्पनी, अन्य र म्युचुअल फण्ड उपसूचकमा गिरावट भएको छ । बैंकिङ बीमा, विकास बैंक, उत्पादनमूलक, होटेल तथा पर्यटन लगायतका उपसूचक भने बढेको छ ।
नेप्सेमा वृद्धि भएपनि आज कारोबार रकम भने ५० करोडबाट पनि झरेको छ । आज नेप्सेमा १३ लाख ७० हजार ४७७ कित्ता शेयर किनबेच हुँदा ४८ करोड ५४ लाख ९ हजारको कारोबार भएको छ । जसमध्ये नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर सर्वाधिक ४ करोड ७५ लाख ९८ हजारको कारोबार भएको छ ।
आज नेप्सेमा कुल १८५ कम्पनीको शेयर कारोबार भएकोमा १०० कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै ७४ कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा ११ कम्पनीको भने स्थिर छ ।
मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ९.२० प्रतिशतले वृद्धि हुँदा अभियान लघुवित्तको शेयर मूल्य ८.१९ प्रतिशत र सपोर्ट लघुवित्तको शेयर मूल्य ७.८० प्रतिशतले वृद्धि भएको छ ।
यता ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाई मूल्य सर्वाधिक १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै राप्ति हाइड्रोपावर एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीको शेयर मूल्य ६.०६ प्रतिशत र हिमालयन पावर पार्टनको शेयर मूल्य ५.९६ प्रतिशतले घटेको छ ।