Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

समानुपातिकमा एकलौटी गरियो भन्नेमा सत्यता छैन : कांग्रेस प्रवक्ता

समानुपातिकमा एकलौटी गरियो भन्नेमा सत्यता छैन : कांग्रेस प्रवक्ता

बन्दसूचीमा भएको त्रुटि सच्याइने
  • मंगलवार, आश्विन ११ २०७९

  • 1.1K
    SHARES

  • समानुपातिकमा एकलौटी गरियो भन्नेमा सत्यता छैन : कांग्रेस प्रवक्ता
    काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत रुपमा तयार भएको बताएको छ । आज केन्द्रीय पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले  समानुपातिक उम्मेदवारको सूचीमा एकलौटी गरिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको दाबी गर्नुभएको छ । उहाँले निर्वाचन आयोगले दिएको समय सीमाभित्र समानुपातिक उम्मेदवारको बन्दसूचीमा भएको त्रुटि सच्याइने बताउनुभयो ।
     
    उहाँले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको घोषणा पत्र तयारी समितिले समयमै  घोषणापत्र तयार गर्ने पनि बताउनुभयो । उहाँले समानान्तर उम्मेदवारी दिनु पार्टीको अनुशासनभित्रको कुरा नभएको बताउनुभयो । बहुमतबाट नभएर सर्वसम्मत निर्णय भएको भन्दै उहाँले अनुशासन उल्लंघन गरिए पार्टीले त्यसलाई नजिकबाट हेर्ने पनि बताउनुभयो । 
     
    चुनावपछि संघ र प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने भन्दै उहाँले काठमाडौँ आएका कार्यकर्तालाई जिल्ला फर्किएर चुनावी अभियानमा लाग्न निर्देशन दिनुभएको छ । कोइराला समूहले गरिरहेको गतिविधि उपयुक्त नभएको भन्दै प्रवक्ता महतले देशभरिका कांग्रेस कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गर्नुभएको छ । यस्तै उहाँले आजभोलि नै पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँटको टुंगो लाग्ने पनि बताउनुभयो । 
     
    गठबन्धनका दलहरूसहित प्रतिपक्षी दलले समेत प्रधानमन्त्री र मन्त्रीहरू प्रचारमा जान नपाउने प्रावधान व्यावहारिक भएन भनिरहेको भन्दै प्रधानमन्त्री नै पार्टी सभापति भएको र अन्य मन्त्रीहरू समेत पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेको र पार्टीको पक्षमा जनमत बनाउन हिँड्न नपाउने आचारसंहिताको विषय व्यावहारिक नभएको बताउनुभयो ।
     
    यस्तै कांग्रेसले राष्ट्रपतिबाट नागरिक विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उल्लंघन भएको बताएको छ । तर नागरिकता को–कोलाई दिन थालियो भनेर अहिले नै भ्रम सिर्जना गरिएको उहाँले बताउनुभयो ।   
     


    मंगलवार, आश्विन ११ २०७९०४:३१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij