काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार(आज) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो साता उतार चढावकाबीच उच्च अंकले घट्न पुगेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २३.८३ अंकले घटेर १८१५.१३ को विन्दुमा कायम हुन पुगेको छ ।
आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.८३ अंकले घट्दै ३५५ दशमलव ६० अंकमा झरेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । उसो त २३ अंक माथिले घटेको बजारमा आज एक अर्ब ७ करोड २४ लाख रुपैयाँ बराबरको मात्र शेयर कारोबार भएको छ ।
आजदेखि शेयर कारोबार सुरु भएको अभियान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने लक्ष्मी बैंकको २.६६ प्रतिशत, जोशी हाइड्रोपावरको २ प्रतिशत, बोटलर्स नेपाल (बालाजु) को २ प्रतिशत र आदर्श लघुवित्तको १.९८ प्रतिशतले बढेको छ।
यता, तेह्रथुम पावरको शेयरमूल्य सबैभन्दा धेरै ७.९० प्रतिशतले घटेको छ भने सामुदायिक लघुवित्तको ६.६५ प्रतिशत, निफ्राको ६.४१ प्रतिशत, बुद्धभुमी हाइड्रोपावरको ५.७४ प्रतिशत र अरुण भ्याली हाइड्रोपावरको ५.६३ प्रतिशतले घटेको छ।
आज लक्ष्मी बैंकको सबैभन्दा धेरै २६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको ४ करोड २९ लाख, रिडी हाइड्रोपावरको ३ करोड ४९ लाख, निफ्राको २ करोड ५९ लाख र अरुण काबेली हाइड्रोपावरको २ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् जसमा हाइड्रोपावर, लगानी र फाइनान्स उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ।