Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अफगानिस्तानको एक मस्जिदमा विस्फोट, ७ जनाको मृत्यु, ४० जना घाइते

अफगानिस्तानको एक मस्जिदमा विस्फोट, ७ जनाको मृत्यु, ४० जना घाइते

  • शनिवार, आश्विन ८ २०७९

  • 584
    SHARES

  • अफगानिस्तानको एक मस्जिदमा विस्फोट, ७ जनाको मृत्यु, ४० जना घाइते
    काठमाडौं । अफगानिस्तानको काबुलस्थित एक मस्जिदमा कार बम विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । सो विस्फोटमा परेर कम्तीमा ४० जना घाइते भएका छन् ।
     
    शुक्रबारको नियमित प्रार्थनाका क्रममा भएको शृङ्खलाबद्ध बम विस्फोटमा ती व्यक्ति मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
     
    तालिवानी अधिकारीहरूका अनुसार गम्भीर घाइतेहरू धेरै भएकाले मृतकको संख्या अझै बढ्न सक्ने छ । सो विस्फोटका हालसम्म कसैले पनि जिम्मा लिएको छैन ।
     
    आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल माफी टकोरले मस्जिद नजिकै मुख्य सडकमा विस्फोट भएको र सो घटनाको अनुसन्धान भइरहेको बताए।
     
    नमाज पढेर मस्जिदबाट बाहिर निस्कने क्रममा सो विस्फोट गराइएको काबुलका प्रहरी अधिकारीहरूले जनाएका छन् ।
     
    काबुलस्थित राष्ट्रसंघीय मिसनले विस्फोटले अफगानिस्तानमा जारी असुरक्षा र आतंकवादी गतिविधिको तीतो सम्झना भएको जनाएको छ ।
     
    पछिल्ला महिनाहरूमा शुक्रबारको प्रार्थनालाई लक्षित गरी लगातार विस्फोट हुँदै आएका छन् । तर, ती विस्फोटका घटना नियन्त्रण गर्न तालिवानी सरकार असफल भएको भन्दै चर्को आलोचना भएको छ ।
     


    शनिवार, आश्विन ८ २०७९०१:२४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij