Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेको शक्तिबाट आतंकित भएर कांग्रेसले बाँकी रहेका पार्टीलाई समेत मिलाउन खोज्यो : विशाल भट्टराई

एमालेको शक्तिबाट आतंकित भएर कांग्रेसले बाँकी रहेका पार्टीलाई समेत मिलाउन खोज्यो : विशाल भट्टराई

  • शुक्रवार, आश्विन ७ २०७९

  • 719
    SHARES

  • एमालेको शक्तिबाट आतंकित भएर कांग्रेसले बाँकी रहेका पार्टीलाई समेत मिलाउन खोज्यो  : विशाल भट्टराई
    काठमाडौं । नेकपा एमालेका नेता विशाल भट्टराईले आफ्नो पार्टीको शक्तिबाट आतंकित भएर नेपाली कांग्रेस सत्तारुढ गठबन्धनबाहेकका दलहरूलाई समेत मिलाउन लागिरहेको आरोप लगाउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमालेका प्रमुख सचेतक समेत रहनुभएका नेता भट्टराईले कांग्रेस एमालेसँग डराएर बाँकी रहेका पार्टीलाई पनि गठबन्धनमा मिसाउन लागिरहेको बताउनुभयो ।
     
    लोसपा र राप्रपासँग त एमालेले गठबन्धन गर्दै छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा भट्टराईले मंसिर ४ मा हुने संघीय र प्रदेशमा निर्वाचनमा औपचारिक रुपमा गठबन्धन नहुने तर स्थानीय स्तरमा केही सिटमा तालमेल हुन सक्ने बताउनुभयो । 
     
    फरक प्रसंगमा नेता भट्टराईले राष्ट्रलाई अहित हुन्छ भन्ने लागेपछि राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु स्वाभाविक भएको टिप्पणी गर्नुभएको छ । 
     
    चिनियाँ कम्युनिस्ट पार्टीले अघि सारेको नयाँ सुरक्षा अवधारणा ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) को भर्चुअल बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारी सरकारकै परामर्शमा सहभागी भएको पनि उहाँले दाबी गर्नुभयो । 
     


    शुक्रवार, आश्विन ७ २०७९११:१२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij