Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

चीनले भन्यो, ‘भारतीय प्रधामन्त्री मोदीको भनाई आधारहिन’

चीनले भन्यो, ‘भारतीय प्रधामन्त्री मोदीको भनाई आधारहिन’

  • शनिवार, आषाढ २० २०७७

  • 921
    SHARES

  • चीनले भन्यो, ‘भारतीय प्रधामन्त्री मोदीको भनाई आधारहिन’

    काठमाडौँ । चीनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिक्रियाको जवाफ दिँदै छिमेकीसँगको मतभेदलाई विस्तारवादसँग जोड्नु आधारहीन भएको बताएको छ ।

    शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उत्तरी सीमा क्षेत्र लद्दाखको लेह पुगेर सीमा सैनिकलाई गरेको सम्बोधनका क्रममा चीनतर्फ संकेत गर्दै अब विस्तावरवादको युग समाप्त भइसकेको र विकासको युग सुरु भइसकेको बताउनुभएको थियो ।

    मोदीको अभिव्यक्तिको जवाफमा भारतका लागि चिनियाँ राजदूत जी रोङले चीनका १४ छिमेकीमध्ये १२ देशसँग शान्तिपूर्ण वार्ताको आधारमा सीमा निर्धारण भएको र यसले स्थल सीमालाई मित्रवत सहयोगको बन्धनमा बाँधेको बताउनुभएको छ ।

    छिमेकीसँग चीनको मतभेदलाई बढाई–चढाई गरेर कपोलकल्पित रुपमा प्रस्तुत गर्नु र त्यसलाई विस्तारवादको रुपमा देखाइनु आधारहीन भएको भन्दै उहाँले मोदीको भनाइको खण्डन गर्नुभएको छ ।

    प्रधानमन्त्री मोदी सेना प्रमुख मनोजमुकुन्द नरवणेसहित ११ हजार फिटको उचाईमा रहेको लेह पुग्नुभएको थियो । उहाँले चीनसँगको भिडन्तमा भारतीय सेनाले देखाएको साहसको प्रशंसा गर्नुभएको थियो ।

    जून १६ राति लद्दाखको गलवान भ्यालीमा भएको भारत र चीनका सेनाबीचको झडपमा २० भारतीय सेना मारिएका थिए । चीनले आफ्नोतर्फको सेनाको क्षतिको बारेमा सार्वजनिक गरेको छैन ।


    शनिवार, आषाढ २० २०७७१२:४१:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij