Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सेना परिचालन गर्ने पुटिनको घोषणाविरुद्ध रुसमा ठूलो प्रदर्शन

सेना परिचालन गर्ने पुटिनको घोषणाविरुद्ध रुसमा ठूलो प्रदर्शन

  • बिहिवार, आश्विन ६ २०७९

  • 482
    SHARES

  • सेना परिचालन गर्ने पुटिनको घोषणाविरुद्ध रुसमा ठूलो प्रदर्शन

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ३ लाख रिजर्भ सैनिक तैनाथ गर्ने घोषणा गरेका छन् । त्यसयता रुसमा चर्को विरोध भइरहेको छ । राजधानी मस्को, सबैभन्दा ठूलो औद्योगिक सहर सेन्ट पिटर्सवर्गमा ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिए र प्रदर्शन गरेका छन् ।

    एक स्वतन्त्र निगरानी समूहले यी दुई सहरमा रिजर्भ सेना तैनाथीको विरोधमा जुलुसमा संलग्न सयौं व्यक्तिलाई पक्राउ गरिएको दाबी गरेको छ । मस्कोमा प्रदर्शनकारीहरूले ‘नो टु वार, लाइफ टु आवर चिल्ड्रेन, नो मोबिलाइजेसन’ लगायतका नारा लगाएका छन् । पुटिनको यो सैन्य तैनाथीको आदेशपछि युक्रेन युद्ध अझै चर्किने डर छ ।

    रुसी सेनाविरुद्ध कडा कानुन र युद्धको आलोचनाका साथै देशभर विरोध प्रदर्शन भएको छ । स्वतन्त्र रूसी मानव अधिकार समूहका अनुसार ३८ शहरहरूमा युद्ध विरोधी प्रदर्शनहरूमा १३ सय भन्दा बढी रुसीहरू पक्राउ परेका छन् ।

    रुसी समाचार एजेन्सी इन्टरफ्याक्सले आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै प्रहरीले अनुमतिबिना विरोध प्रदर्शन र र्‍याली आयोजना गर्ने प्रयासलाई विफल पारेको बताएको छ। सबै प्रदर्शनहरू रोकिएका छन् र उल्लङ्घन गर्नेहरूलाई पक्राउ गरिएको छ ।

     


    बिहिवार, आश्विन ६ २०७९०१:५२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij