Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पूर्वराष्ट्रपति मुखर्जीको निधनको शोक भारतमा एक हप्ता मनाइँने

पूर्वराष्ट्रपति मुखर्जीको निधनको शोक भारतमा एक हप्ता मनाइँने

  • मंगलवार, भाद्र १६ २०७७

  • 1.3K
    SHARES

  • पूर्वराष्ट्रपति मुखर्जीको निधनको शोक भारतमा एक हप्ता मनाइँने

    एजेन्सी । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको आज राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । मुखर्जीको अन्त्यष्टि दिल्लीस्थित लोदी श्मशान घाटमा दिउँसो साढे २ बजे गरिएको हो ।

    भारतीय गृह मन्त्रालयले आज विज्ञप्ति प्रकाशन गरेर आजदेखि एक हप्तासम्म मुखर्जीको निधनको शोक देशभर मनाउने घोषणा गरेको छ । यो अवधिभर भारतभर राष्ट्रिय झण्डा झुकाउनुका साथै कुनै पनि सरकारी औपचारिक कार्यक्रम नगरिने जनाइएको छ ।

    साथै, भारतीय राष्ट्रपति भवन, संसद भवन, प्रधानमन्त्रीको कार्यालयसहित देशभरका सरकारी कार्यालहरुमा राखिएको झण्डा आधा झुकाइएको छ ।

    झण्डै एक महिनाअघि मस्तिष्कमा रगत जमेका कारण अस्वस्थ रहेका भारतका पूर्वराष्ट्रपति मुखर्जीको नयाँ दिल्लीको सैनिक अस्पतालमा उपचाररत रहेका वेला सोमबार निधन भएको थियो ।


    मंगलवार, भाद्र १६ २०७७०५:५१:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij