Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

एमालेले भोलि समानुपातिक उम्मेदवारको तय गर्ने

एमालेले भोलि समानुपातिक उम्मेदवारको तय गर्ने

  • शनिवार, आश्विन १ २०७९

  • 646
    SHARES

  • एमालेले भोलि समानुपातिक उम्मेदवारको तय गर्ने
    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । बैठकले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारहरूको नामावली भोलि तयार गर्ने निर्णय गरेको छ ।
     
    आज साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले बैठकमा तीन वटा निर्णय भएको जानकारी दिनुभयो । महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारहरूका बारेमा जानकारी गराउनुभएको गुरुङले बताउनुभयो ।
     
    संघीयतर्फ ११० जना र प्रदेशतर्फ २२० जना उम्मेदवारहरूको सूची बनाउन विविध मापदण्ड, समावेशितालाई ध्यान एवम् क्लस्टरलाई ध्यानमा राखेर बनाउनेबारे छलफल भएको गुरुङले बताउनुभएको छ । 
     
    त्यस्तै, बैठकले अछाम जिल्लामा बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति पार्टीले गहिरो दुःख व्यक्त गर्दै उद्दार तथा राहतका लागि सरकारसँग माग गरेको छ । त्यस्तै, पाकिस्तानमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति पाकिस्तानी सरकार र जनताप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
     
    बैठक पुनः भोलि बिहान ११ बजे बस्ने गुरुङले जानकारी दिनुभयो ।
     
     


    शनिवार, आश्विन १ २०७९०८:०२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij