Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको घोषणा

नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको घोषणा

  • शुक्रवार, भाद्र ३१ २०७९

  • 558
    SHARES

  • नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको घोषणा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा औपाचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गरेको बताउनुभएको हो ।

    प्रधानमन्त्री देउवाले खेलकुद विश्वविद्यालय खोल्नका लागि सुरुवात गर्ने योजना बनाएको समेत बताउनुभयो । कोरोनाका कारण नेपालको आर्थिक अवस्था राम्रो नभएको बेलामा समेत खेलकुद विश्वविद्यालय खोल्ने सोच बनाएको उहाँको भनाइ थियो । खेलकुद विश्वविद्यालयले आगामी दिनमा युवाहरुको खेलप्रति आकर्षण बढ्ने विश्वास लिएको उहाँले बताउनुभयो ।

    सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिव १० लाख रुपैयाँमा राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफूसँग राख्न पाउनेछ । नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पुर्‍याइनेछ ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियन एवं दक्षिण एसियाली खेलकुदका कीर्तिमानधारी दीपक बिष्टको संयोजकत्वमा ५ सदस्यीय ट्रफी टूर कार्यदल गठन गरेको छ ।


    शुक्रवार, भाद्र ३१ २०७९०१:३२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij