Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

डेंगु नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना

डेंगु नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना

  • बुधवार, भाद्र २९ २०७९

  • 448
    SHARES

  • डेंगु नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रुपमा फैलिएको डेंगु रोगको अवस्थाबारे संसदलाई जानकारी गराउन माग गर्नुभएको छ ।

    डेंगु रोगका कारण नागरिकहरुको मृत्य हुने क्रम बढिरहेको बेला पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाउँदै उहाँले त्यसबारे संसदलाई जानकारी गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गर्नुभएको हो ।

    बुधबार (आज) प्रतिनिधिसभा बैठकमा सुवालले डेंगु नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउनुभयो ।

    ‘कोरोना पछि डेंगु रोगले जनता एकदमै पीडित छन । अस्पतालहरुमा शय्याको अभाव छ । स्वास्थ्यमन्त्रीज्यूले के छ देशको स्थिति यो त महामारीको रुपमा फैलिँदै छ,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो । स्वास्थ्य मन्त्रालयका लागि त बजेट धेरै छुट्टयाइएकै हो । तर स्वास्थ्य मन्त्रालयको प्रभावकारिता देखिएन, मन्त्रीज्यूको नेतृत्व देखिएन ।’

    सांसद सुवालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक बजेटको व्यवस्था गरे पनि त्यसको सदुपयोग गर्न नसकेको बताउनुभयो ।


    बुधवार, भाद्र २९ २०७९०३:०९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij