Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दिगो विकासको लक्ष्य भेट्टाउन नेपाललाई ९० बिलियन डलर चाहिन्छः प्रधानमन्त्री देउवा

दिगो विकासको लक्ष्य भेट्टाउन नेपाललाई ९० बिलियन डलर चाहिन्छः प्रधानमन्त्री देउवा

  • बुधवार, भाद्र २९ २०७९

  • 673
    SHARES

  • दिगो विकासको लक्ष्य भेट्टाउन नेपाललाई ९० बिलियन डलर चाहिन्छः प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई दिगो विकासको लक्ष्य भेट्टाउन ९० बिलियन अमेरिकन डलर चाहिने बताउनुभएको छ ।

    लगानी बोर्डले आज आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा बोल्दै प्रधानमन्त्री देउवाले अहिले नेपाललाई दिगो विकासको लक्ष्य भेट्टाउन सो रकम चाहिने बताउनुभएको हो ।

    उहाँले नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताउँदै उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारहरूलाई आग्रह समेत गर्नुभयो ।

    लगानी बोर्डद्वारा आयोजित दिगो पूर्वाधार लगानी फोरममा लगानीकर्ता सहजीकरणको लागि तयार पारिएको वान स्टेप सर्भिस वेबसाइटको पनि उद्घाटन गरिएको छ ।

    यो डिजिटल प्लेटफर्ममार्फत लगानीकर्ताले लगानीका विषयमा जानकारी तथा जिज्ञासा राख्न सक्ने र लगानी सहरीकरणसँग सम्बन्धित सबै निकायहरू आबद्ध भई शीघ्र र प्रभावकारी सेवा प्रदान हुने लगानीबोर्डले जनाएको छ ।

    यस्तै नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डद्वारा तयार पारिएको स्टाब्लिसिङ अ फर्टिलाइजर प्लान्ट इन नेपाल नामक अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरिएको छ ।

    उक्त अध्ययन प्रतिवेदनमा इलेक्ट्रोलाइसिस र प्राकृतिक ग्यासबाट मल कारखाना सञ्चालनको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ ।


    बुधवार, भाद्र २९ २०७९०२:१५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij