काठमाडौं । महाभियोग सिफारिस समितले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान सकेको छ। सिंहदरवारमा समितिले (आज) थप ८ प्रश्न सोधेको थियो । यससँगै जबरासँग ४३ वटा प्रश्न सोधिएको छ।
समितिका एक सदस्यका अनुसार जबरा खुलाएका व्यक्तिहरुलाई पनि समितिले बोलाउने तयारी गरेको छ। उनीहरुसँग सोधपुछ गरेपछि मात्रै सिफारिस समितिले छलफल टुंग्याउने बताइएको छ।
समितिका सदस्य कृष्णभक्त पोखरेलका अनुसार बैठक भोलि (बुधबार) ९ बजे पुनः बैठक बस्नेछ। उक्त बैठकमा जबरासँग प्रतिप्रश्न सोधिने उहाँले बताउनुभयो।
महाभियोग सिफारिस समितिले प्रवक्तासमेत चयन गरेको छ। समितिका सूचना एकद्वार प्रणालीमार्फत् प्रवाह गर्न समितिले सहसचिव लक्ष्मीप्रसाद गौतमलाई प्रवक्ता तोकेको हो।
सत्तारुढ दलका सांसदहरुले फागुन १ जबराविरुद्ध महाअभियोग संसदमा दर्ता गरेका थिए। उहाँमाथि संविधान र कानुनको गम्भीर उल्लंघन गरेर पदको दुरुपयोग गरेको आरोप लगाइएको छ।