Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्से २१ अंकले बढ्यो, कारोबार ९२ करोड

नेप्से २१ अंकले बढ्यो, कारोबार ९२ करोड

  • मंगलवार, भाद्र २८ २०७९

  • 681
    SHARES

  • नेप्से २१ अंकले बढ्यो, कारोबार ९२ करोड

    काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज २१ अंकमाथिको वृद्धि भएको छ । केहीदिन यताको लगातार गिरावटलाई ब्रेक गर्दै आज नेप्से सूचक २१.३० अंकले वृद्धि हुँदै १९३४.०४ अंकमा उक्लिएको हो ।

    तर, कारोबार रकममा भने खासै प्रगति हुन सकेको छैन । आज २१ अंकले बढेको बजारमा जम्मा ९२ करोड २५ लाख ७४ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । यद्यपि, आज १३ वटै उपसूचक बढेका छन् ।

    सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.१३ प्रतिशतले वृद्धि भएको छ भने अन्य समूहको उपसूचक सरदर एक प्रतिशतले बढेका छन् ।

    आज बोटलर्स नेपालका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन् भने नेपाल बैंक डिभेन्चर्सका लगानीकर्ताहरुले ९.५९ प्रतिशतले गुमाएका छन् ।


    मंगलवार, भाद्र २८ २०७९०३:५०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij