काठमाडौं । कल्याण अधिकारीको निर्देशनमा नेपाली फिल्म ‘गोबर गणेश’ बन्ने भएको छ ।
काठमाडौंको भद्रकाली मन्दिरमा ‘गोबर गणेश’को शुभ साइत गरिएको छ । बिलभ्ड इन्टरटेरमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा कमेडी र एक्सन रहनेछ । फिल्मको छायाँकन भदौको अन्त्यदेखि सुरु हुनेछ ।
हरिकुमार कटुवालले निर्माण गर्न लागेको ‘गोबर गणेश’मा जयकिशन बस्नेत, सिएम भारद्वाज सुवेदी, मुनम मल्ल ठकुरी, भोमन कटुवाल, राजु किरात, हिमाल राई, अजय खड्का, शिशिर भट्टराई, टेकेन्द्र न्यौपाने, सम्पूर्ण सुनार, प्रेम दूधराज, देव गौतम, र सुविन थिङलगायतको अभिनय रहनेछ ।
फिल्मको द्वन्द्व निर्देशन राजु किरातले गर्नेछन् । संगीत माधव भण्डारी र रिमेश कुमारको रहेको छ ।
सम्पादन अनिलकुमार महर्जन, कथा र संवाद भोमन कटुवालले गर्नेछन् । फिल्मको पोस्ट प्रोडक्सन जेनेक्स मिडिया नेपालले गर्नेछ ।