Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मधेश आन्दोलनपछि मधेशीलाई नागरिक मान्न थालियोः उपेन्द्र यादव

मधेश आन्दोलनपछि मधेशीलाई नागरिक मान्न थालियोः उपेन्द्र यादव

  • शनिवार, भाद्र २५ २०७९

  • 527
    SHARES

  • मधेश आन्दोलनपछि मधेशीलाई नागरिक मान्न थालियोः उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोहकै कारण मधेशीले नेपालको नागरिकको सम्मान पाएको बताउनुभएको छ । 

    मधेश आन्दोलनका शहीदको सम्झनामा जनकपुरधाममा आयोजित कार्यक्रममा उहाँले शहीदको बलिदानकै कारण मधेशीलाई विहारी र धोती भन्न छाडिएको बताउनुभयो ।

    ‘मधेशसहित विभिन्न आन्दोलन अगाडि मधेशीलाई नेपाली नागरिक पनि मानिएको थिएन, बिहारी, धोती अरु के-के शब्दले सम्बोधित गर्ने गरिन्थ्यो’ अध्यक्ष यादवले भन्नुभयो, ‘वीर सपूतको बलिदानीकै कारण संघीय गणतन्त्र नेपाल बनेपछि अहिले त्यस्तो सम्बोधन बन्द भएको छ ।’

    शहीदको बलिदानीकै कारण एकात्मक र निरंकुश शासन प्रणाली फ्याँकेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उहाँले बताउनुभयो ।

    लोकतन्त्र र संघीयताविरोधी शक्ति, विभेदकारी शासक वर्ग आज पनि संघीय गणतन्त्रलाई समाप्त गर्ने खेलमा लागेको भन्दै अध्यक्ष यादवले यसको रक्षा गर्नु पहिलो दायित्व भएको बताउनुभयो ।

    जाति र भाषा र संस्कृतिको आधारका साथै अरु धेरै आधारमा समाजमा विभेद र असमानता शोषण र उत्पीडन कायम रहेको भन्दै उहाँले यस्ता विभेद जडबाटै उखालेर नफ्याँकेसम्म शहीदको सपना पूरा गर्न नसकिने बताउनुभयो ।

     


    शनिवार, भाद्र २५ २०७९०४:३०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij