काठमाडौं । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका कांग्रेस नेता चोपलाल बस्यालको निधन भएको छ । आइतबार समिट अस्पताल, लोकान्थलीमा उपचारको क्रममा ७७ वर्षी बस्यालको निधन भएको हो ।
बस्याल नेपाली कांग्रेस पाल्पा–काठमाडौं सम्पर्क समितिका अध्यक्ष एवं पार्टीका क्षेत्रीय प्रतिनिधि खिमलाल बस्यालका पिता हुन् ।
नेता बस्यालको निधनप्रति कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत गहिरो दुःख व्यक्त गर्नुका साथै श्रदाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शोक सन्तप्त परिवारजनमा पार्टीका तर्फबाट समवेदना प्रकट पनि गर्नुभएको छ ।