Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छः प्रचण्ड

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छः प्रचण्ड

  • शुक्रवार, भाद्र २४ २०७९

  • 558
    SHARES

  • नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छः प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुने विश्वास व्यक्त गर्नुभएको छ ।

    दोस्रो पटक पनि पठाइएको विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने वा यो विषय अदालत जाने उहाँले बताउनुभयो ।
    पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भन्नुभयो, ‘राष्ट्रपतिले प्रमाणीकरण नगर्ने सम्भावना पनि छ । प्रमाणीकरण नगरे यो विषय अदालत जाने सम्भावना पनि छ । दोस्रो कुरा, उहाँले राजीनामा दिने विकल्प रहन्छ ।’

    राष्ट्रपतिले अघिल्लो पटक नागरिकता विधेयकलाई प्रमाणीकरण नगरी फिर्ता गरेपछि सदनबाट जस्ताको तस्तै पारित गरी प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति समक्ष पठाइएको छ ।

    राष्ट्रपतिलाई यस्ता विधेयकमा चित्त बुझेन भने एकपटकलाई सदनमा फिर्ता गर्ने संविधानले अधिकार दिएको बताउँदै प्रचण्डले भन्नुभयो, ‘दोस्रोपटक पनि दुबै सदनबाट पारित भएर गएपछि यताउति गर्ने अधिकार राष्ट्रपतिलाई छैन । प्रमाणीकरण गर्नुहुन्छ भन्नेमा यसपटक हामी आशावादी छौं ।’

    यसअघि राष्ट्रपतिलाई भेट्दा उहाँले यसलाई ठूलै राजनीतिक मुद्दा बनाउने जस्तो देखेको आफूले पाएको प्रचण्डले सुनाउनुभयो । सोही भेटमा आफूले राजीनामा दिने वा अदालत जाने विकल्पबारे राष्ट्रपतिलाई भनेको प्रचण्डले बताउनुभएको छ ।


    शुक्रवार, भाद्र २४ २०७९१२:४९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij