काठमाडौं । आइएमइ ग्रुपका वरिष्ठ प्रवन्धक राजु पौडेलले नेपालको अर्थतन्त्रमा आयात धान्ने, घरपरिवारको गुजारा चलाउने र विदेशी सञ्चिती बढाउने मूख्य स्रोत नै रेमिट्यान्स भएको बताउनुभएको छ ।
पौडेलका अनुसार नेपालको चलपुँजीको मूख्य श्रोत पनि रेमिट्यान्स भएकाले नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको महत्वपूर्ण भूमिका रहेको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवन्धक पौडेलले करिव दुई सय वर्षदेखि नेपाल रेमिट्यान्समा अव्यस्थ हुन थालेको बताउँदै भारतबाहेकका अन्य देशहरुमा पनि नेपालीहरु रोजगारीको लागि जाने प्रचलन बढेसंगै रेमिट्यान्सको आप्रवाह पनि बढी भएको स्पष्ट पार्नुभयो ।
नेपालको अर्थतन्त्र सबै रेमिट्यान्सले धानेको भन्न नमिले पनि चलपुँजीको मूख्य स्रोतको रुपमा भने विगत २ वर्षयताको समयमा राम्रो प्रभाव देखिएको पौडेलको भनाइ छ ।
‘फ्रि भीसा, फ्रि टिकट’ जस्ता अवधारणाले गर्दा कोरोका महामाहारी अगाडि केहि प्रभावित भएको रेमिट्यान्स कोरोनाकै बीचमा भने केहि बढेर आएको प्रवन्धक पौडेलले बताउनुभयो । अहिले विदेशमा श्रम गर्न जाने जनशक्ति पनि बढेका हिसावले चाडपर्वको समयमा रेट्यिान्सको बढी आप्रवाह हुने पनि प्रवन्धक पौडेलको भनाइ छ ।