Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसभित्रै भागबण्डामा किचलो, दलका पनि आ-आफ्नै अडान (खास खबर)

गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसभित्रै भागबण्डामा किचलो, दलका पनि आ-आफ्नै अडान (खास खबर)

  • बिहिवार, भाद्र २३ २०७९

  • 630
    SHARES

  • गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसभित्रै भागबण्डामा किचलो, दलका पनि आ-आफ्नै अडान (खास खबर)

    काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा तालमेल गरेर गएको सत्तागठबन्धनलाई भागबण्डा मिलाउन सकस भएको छ । कार्यदलले अपूरो सहमति जुटाउने प्रयास गरेपनि त्यो पूर्ण छैन । महत्वकांक्षा बढी राखेका दलहरु आफूले भनेको पेरिफेरिमा सिट संख्या नपाए गठबन्धनबाट अलग्गिने मूडमा रहेका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनबिना पनि चुनाव लड्ने अवस्था आउन सक्ने भन्दै त्यसको लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिइसक्नुभएको छ । ३२ सिटमा दाबी गरेको जसपालाई त्यो संख्या पाउन आकाश फल आँखा तरी मर जस्तै हो ।। यता, कार्यदलका सदस्य एवं जसपाका नेता रामसहाय यादवले अरु दलले पनि ठूलो दाबी गरेकोले जसपाले पनि ३०-३२ सिट पाउनुपर्ने बताउनुभयो ।

    दलहरुबीच यसरी मतभेद देखिएपछि कार्यदलले निर्माण गरेको खाका औपचारिकतामा मात्रै सिमित भएको छ । कार्यदलका सदस्य हिमलाल पूरीले सहमतिको नजिक पुगेपनि पूर्ण सिट बाँडफाँट नटुंगिएको बताउनुभयो । पहिलेका सबैका दाबीमाथि मात्रै छलफल भएको उहाँको भनाइ छ ।

    यता, कांग्रेसभित्र आफ्नै मतभेद कायम छ । संस्थापन र इत्तर पक्षबीच सिटको भागबण्डामा रस्साकस्सी चलिरहेका बेला शेखर कोइराला कडा रुपमा प्रस्तुत हुनुभएको छ । कोइरालाको चित्त बुझाउन नसके सभापति शेरबहादुर देउवाको अन्तिम विरासत नमिठो हुने पक्का छ । पार्टीको आन्तरिक विवाद मिलाउनु भन्दा पनि देउवा आफू शक्तिशाली कसरी बन्ने भन्नेमा मात्रै सोचिरहेका छन् । कांग्रेस नेता प्रदीप पौडेल संस्थापन र इत्तर नभनी जित्नसक्ने मान्छे मात्रै निर्वाचनमा उम्मेदवार बन्नुपर्ने बताउनुहुन्छ ।

    गठबन्धन दलकै नेतृत्व गरेको सत्ताघटक कांग्रेसले घरभित्रको कलह छरपष्ट बाहिर ल्याएमा निकै चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । यता, गठबन्धनभित्रका दलहरु पनि आफ्नो स्वार्थ कहाँ पूर्ति हुन्छ त्यतापट्टी लागेको देखिन्छ । भर्खरै स्थापित नेकपा एकीकृत समाजवादीबाहेक अन्य दलहरुलाई एमालेसँगको सहकार्यका लागि मार्ग प्रशस्त देखिन्छ ।।

     


    बिहिवार, भाद्र २३ २०७९०७:५८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij