Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

न्यायोचित तवरले सिट बाँडफाँट हुनुपर्छः उपेन्द्र यादव

न्यायोचित तवरले सिट बाँडफाँट हुनुपर्छः उपेन्द्र यादव

  • बिहिवार, भाद्र २३ २०७९

  • 532
    SHARES

  • न्यायोचित तवरले सिट बाँडफाँट हुनुपर्छः उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायोचित तवरमा सिटको बाँडफाँट नगर्ने हो भने गठबन्धनको अर्थ नहुने बताउनुभएको छ । 

    वीरगञ्जमा स्थापना भएको मधेस विश्व विद्यालयको कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष यादवले भन्नुभयो ‘तालमेल गर्दा न्यायोचित हिस्सा र भागेदारी भएन भने यस खालका गठबन्धनको कुनै अर्थ रहँदैन । सब दललाई वीन वीन हुने गरी अगाडि बढ्नुपर्छ ।’

    गठबन्धनमा जसपाले ३२ सिट दाबी गरेको पनि उहाँले बताउनुभयो । ‘हुन त हाम्रो दाबी ३२ सिटमा छ । यो छलफल र समझदारीको विषय हो, समझदारी गर्दा कहाँ गएर टुंगिन्छ । त्यसलाई स्वीकार गरेरै अघि बढ्छौं’, उहाँले भन्नुभयो ।

    सिट बाँडफाँट कार्यादललाई प्रतिवेदन बुझाउन भनिएको बताउँदै उहाँले त्यो प्रतिवेदन आएपछि नेताहरुसँग बसेर छलफल गरी बाँकी बाँडफाँट टुंग्याउने बताउनुभयो ।


    बिहिवार, भाद्र २३ २०७९१२:५०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij