Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज पनि नेप्सेमा दोहोरो अंकको गिरावट

आज पनि नेप्सेमा दोहोरो अंकको गिरावट

  • बुधवार, भाद्र २२ २०७९

  • 501
    SHARES

  • आज  पनि नेप्सेमा दोहोरो अंकको गिरावट

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार (आज) पनि सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से ११.९७ अंक (०.६१ प्रतिशत) ले गिरावट भएर १९३९.८८ अंकमा बन्द भएको छ । आइतबार सामान्य सुधार भएको नेप्से त्यसपछिको लगातार तीन दिनसम्म घटेको हो ।

    नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि अर्बबाट तल झरेको छ ।

    यो सातामा बुधबार (आज) दोस्रो दिन कारोबार रकम १ अर्बबाट तल झरेको हो । आइतबार १ अर्ब ७ करोडको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर करिब ९१ करोडमा झरेको थियो । तर, मंगलबार पुनः बढेर १ अर्ब १९ करोड पुगे पनि बुधबार (आज) पुनः गिरावट भएको हो ।

    बुधबार (आज) नेप्सेमा २९ लाख ४३ हजार ७२९ कित्ता सेयर किनबेच हुँदा ८२ करोड ६२ लाख ३० हजार ५८३ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक ५ करोड १५ लाख ६० हजारको कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ६१ लाख २९ हजारको कारोबार भएको छ ।

    बुधबार (आज) बजारमा कुल १८८ कम्पनीको सेयर कारोबार भएकोमा १४७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ३१ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १० कम्पनीको सेयर मूल्य स्थिर छ । बुधबार (आज( कारोबार भएकामध्ये सनराइज फर्स्ट म्युचुअल फण्डको इकाइ मूल्य ७.७२ प्रतिशतले वृद्धि हुँदा अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ६.३८ प्रतिशत र लक्ष्मी उन्नती कोषको इकाइ मूल्य ५.१० प्रतिशतले बढेको छ ।

    यता प्राइम डिवेञ्चर २०८८ को मुल्य ५.८८ प्रतिशतले गिरावट हुँदा उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य ५.०९ प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ४.४५ प्रतिशतले घटेको छ ।


    बुधवार, भाद्र २२ २०७९०३:५३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij