Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यस्तो बन्यो ‘प्रेम गीत ३’ को हिन्दी गीत (भिडियोसहित)

यस्तो बन्यो ‘प्रेम गीत ३’ को हिन्दी गीत (भिडियोसहित)

  • मंगलवार, भाद्र २१ २०७९

  • 1.0K
    SHARES

  • यस्तो बन्यो ‘प्रेम गीत ३’ को हिन्दी गीत (भिडियोसहित)

    काठमाडौं । ‘प्रेमगीत ३’ असोज ७ बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिट भने प्रचारप्रसारमा जुटिरहेको छ ।

    यस्तैमा फिल्मको नयाँ गीत सार्वजनिक भएको छ । हिन्दी तथा नेपाली दुई भाषामै गीत आएका हुन् । नेपाली सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको ‘हर युग होस्’ बोलको गीत छ । जसमा राजेश श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत छ ।

    हिन्दी संस्करणमा ‘तुम प्यार हो’ बोलको रोमान्टिक गीतमा पलक मुछाल र अंकित तिवारीको स्वर रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र क्रिस्टिना गुरुङको अभिनय छ । मनाङमा छायांकन गरिएको गीतका दुश्य मन लोभ्याउन खालका छन् ।

    फिल्म नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको हो । सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।

    भिडियो हेर्नुहोस् :


    मंगलवार, भाद्र २१ २०७९०२:३५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij