Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

 सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक असार २२ सम्मका लागि स्थगित

 सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक असार २२ सम्मका लागि स्थगित

  • शनिवार, आषाढ २० २०७७

  • 603
    SHARES

  •  सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक असार २२ सम्मका लागि स्थगित

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक असार २२ गते सम्मका लागि स्थगित भएको छ । शनिबार बिहान ११ बजे बस्ने भनिएको बैठक २२ गते सम्मका लागि स्थगित गरिएको हो ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिने पर्ने मागमा अडिग रहेका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्ष तथा दुवै पद नछोड्ने ओलीको अडानका कारण नेकपा लगभग ‘फुट’ को संघारमा पुगेको छ ।

    तर पार्टीका दोस्रो पुस्ताका नेताहरु कुनै पनि हालमा दुई अध्यक्ष मिल्नु र पार्टी एकतालाई जोगाउनुको विकल्प नरहेको भन्दै पहल जुटेका छन् । तर त्यसले खासै प्रगति गरे जस्तो देखिएको छैन ।

    समस्या समाधानका लागि शुक्रबार ओली र प्रचण्डबिच लामो छलफल भएको थियो । सो छलफलमा दुवैले आफ्नो कुरा खुलस्त रुपमा राखेको सहभागी नेताहरुले बताएका थिए ।

    ओली–प्रचण्डको सो छलफलमा ओलीले आत्मालोचना गरी गएको मंसिर ४ गते भएको सहमति अनुसार अघि बढ्ने प्रारम्भीक सहमति बनेको बताइएको छ । ओली र प्रचण्डबिच शनिबार पनि छलफल हुने भनिए पनि अहिलेसम्म सुरु भएको छैन ।

    स्थायी कमिटिमा अल्पमतमा परेका ओलीले कुनै पनि हालतमा पद नछोड्ने भए पनि प्रचण्ड–नेपाल पक्षले अरु विकल्पहरु पनि विचार गरिरहेको बताइन्छ।

    बिहीबार मन्त्रीपरिषदले अप्रत्यासित रुपमा संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको तथा राष्ट्रपतिले लगत्तै स्वीकृत गरेको घटनापछि पार्टी फुटाउन ओलीले अध्यादेश ल्याउन सक्ने भन्दै एकताको पक्षमा रहेका नेकपा नेताहरु चिन्तामा छन् ।


    शनिवार, आषाढ २० २०७७११:३८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij