Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

साताको दोस्रो कारोबार दिन सेयर बजारमा एकल अंकको गिरावट

साताको दोस्रो कारोबार दिन सेयर बजारमा एकल अंकको गिरावट

  • सोमवार, भाद्र २० २०७९

  • 435
    SHARES

  • साताको दोस्रो कारोबार दिन सेयर बजारमा एकल अंकको गिरावट

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा एकल अंकको गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से ४.२९ अंक (०.२२ प्रतिशत) ले गिरावट भएर १९७३.०१ अंकमा बन्द भएको छ ।

    नेप्सेमा गिरावट हुँदा उत्पादन तथा प्रशोधन र लघुवित्त बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बजार परिसूचमा सुस्ताता देखिंदा कारोबार रकम पनि १ अर्बबाट तल झरेको छ । तर, आइतबार १ अर्ब ७ करोडको कारोबार भएको बजारमा सोमबार २४ लाख ४४ हजार ३३४ कित्ता सेयर किनबेच हुँदा ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावर कम्पनीको सर्वाधिक ९ करोड ९६ लाख ९५ लाखको कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ५९ लाख ७९ हजार र नबिल बैंकको ४ करोड ५६ लाख ५६ हजारको कारोबार भएको छ ।

    सोमबार नेप्सेमा १८७ कम्पनीको सेयर किनबेच भएकोमा ११६ कम्पनीको सेयर मूल्य घटेको छ । ६१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १० कम्पनीको भने स्थिर छ । सोमबार कारोबार भएकामध्ये मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ७.४३ प्रतिशतले वृद्धि हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३.९३ प्रतिशत र रिडी हाइड्रोपावरको सेयर मूल्य ३.२३ प्रतिशतले बढेको छ ।

    यता रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ६.५५ प्रतिशतले गिरावट हुँदा आशा लघुवित्तको सेयर मूल्य ३.६६ प्रतिशत र जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ३.०४ प्रतिशतले गिरावट भएको छ ।


    सोमवार, भाद्र २० २०७९०३:४५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij