Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चीनको सिचुवान प्रान्तको भुकम्पमा सातको मृत्यु

चीनको सिचुवान प्रान्तको भुकम्पमा सातको मृत्यु

  • सोमवार, भाद्र २० २०७९

  • 457
    SHARES

  • चीनको सिचुवान प्रान्तको भुकम्पमा सातको मृत्यु

    काठमाडौं । चीनको सिचुवान प्रान्तमा सोमबार गएको भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ।

    स्थानीय समय अनुसार सोमबार अपरान्ह करिब १ बजेतिर ६.८ म्याग्निच्युडको भूकम्प जाँदा उनीहरूको मृत्यु भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ।

    सिचुवान प्रान्तले अहिले कोरोना महामारी र लामो खडेरीको पनि सामना गरिरहेको छ। सिचुवानको राजधानी छेङ्दुमा अहिले १ हजार जना सक्रिय संक्रमित रहेको भन्दै त्यहाँ लकडाउन गरिएको छ।

    सिचुवान भूकम्पको उच्च जोखिम भएको चिनियाँ प्रान्त हो।

    सन् २००८ मा ८.२ म्याग्निच्युडको भुकम्प जाँदा त्यहाँ ६९ हजार मानिसको मृत्यु भएको थियो।

    सन् २०१३ मा सिचुवान प्रान्तको अर्को शहर यानमा ७ म्याग्निच्युडको भूकम्प जाँदा २ सय जनाको मृत्यु भएको थियो।


    सोमवार, भाद्र २० २०७९०३:१२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij