Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेस नेता बस्याललाई पितृ शोक

कांग्रेस नेता बस्याललाई पितृ शोक

  • आइतवार, भाद्र १४ २०७७

  • 2.3K
    SHARES

  • कांग्रेस नेता बस्याललाई पितृ शोक

    काठमाडौँ – नेपाली कांग्रेसका नेता खिमानन्द बस्याललाई पितृ शोक परेको छ।

    नेपाली कांग्रेस पाल्पा–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष समेत रहेका बस्यालका बुवा चोपलाल बस्यालको ७७ बर्षको उमेरमा आइतबार दिउँसो निधन भएको हो।

    कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएका उहाँको उपचारका क्रममा काठमाडौँमा निधन भएको हो। बस्याल लामो समयदेखि दम रोगबाट पीडित रहनुभएको थियो।

    श्वासप्रश्वास समस्या बढेपछि यही भदौ ११ गते अस्पताल भर्ना गरिएका उहाँको सोही दिन स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्दा भदौ १३ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको थियो ।

    उहाँको आजै अन्येष्टि गरिएको परिवारजनले जानकारी दिएका छन्। नेपाली सेनाको वीरदल गणको टोलीले पशुपतिस्थित विद्युतीय शवदाहगृहमा शव व्यवस्थापन गरेको गणपति शिव पौडेलले जानकारी दिनुभयो ।

    परिवारजनले सोमबार पीसीआर परीक्षण गर्ने र त्यसपछि मात्रै काजकिरियाको कार्य गर्ने बताएका छन्।

    नेता बस्यालको परिवार अहिले भक्तपुरस्थित निवासमा आइसोलेसनमा छ।

    बस्यालको निधनप्रति पाल्पा-काठमाडौँ सम्पर्क समितिले गहिरो दुःख व्यक्त गरेको छ।


    आइतवार, भाद्र १४ २०७७०९:४७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij