Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

लामो दूरीका सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

लामो दूरीका सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

  • आइतवार, भाद्र १४ २०७७

  • 3.0K
    SHARES

  • लामो दूरीका सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

    काठमाडौँ – कोरोना संक्रमणको फैलावट नरोकिएपछि सरकारले लामो तथा छोटो दूरीको सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

    आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ मसान्तसम्म लामो दूरीका सवारी साधन बन्द गर्ने निर्णय गरेको हो।

    यसअघि भदौ १५ सम्म लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय भएकोमा सरकारले त्यसलाई थप १५ दिन लम्ब्याएको एक मन्त्रीले जानकारी दिए।

    यसअघि भदौ १५ गतेदेखि लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा चल्न दिने निर्णय सरकारले गरेको थियो।

    तर कोरोनाको संक्रमण थप बढेपछि लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक यातायात भदौ मसान्तसम्म रोक लगाउने निर्णय गरेको ती मन्त्रीले बताए।

     


    आइतवार, भाद्र १४ २०७७०९:२३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij