काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले काठमाडौंमा कन्ट्याक ट्रेसिङ मात्र नभएर जोखिमयुक्त समुहमा पनि कोरोना भाइरसको परीक्षण गर्नुपर्ने बताउनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस नोट जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले काठमाडौंको बूढानिलकण्ठ नगरपालिकामा संक्रमितको सम्पर्कमा आएका र उच्च जोखिममा रहेका समूहमा गरी ५१४ परीक्षण गर्दा २७ जना कट्याक ट्रेसिङ र ३८ जना जोखिम समूहबाट गरी ६५ जना कोरोना पोजेटिभ देखिएको जानकारी दिँदै यस्तो माग गर्नुभएको छ ।
‘काठमाडौंको बूढानिलकण्ठ नगरपालिकामा संक्रमितको सम्पर्कमा आएका र उच्च जोखिममा रहेका समूहमा गरी ५१४ परीक्षण गर्दा २७ जना कट्याक ट्रेसिङ र ३८ जना जोखिम समूहबाट गरी ६५ जना कोरोना पोजेटिभ देखिएको छ’, उहाँले लेख्नुभएको छ, ‘यसले काठमाडौंमा कट्याक ट्रेसिङबाहेक पनि जोखिमयुक्त समुहमा व्यापक परीक्षण गर्नुपर्ने कुरा पुष्टि गर्छ । यसतर्फ सरकारको ध्यान जाओस् ।’
