Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

निलम्बित प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयान सकियो

निलम्बित प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयान सकियो

  • बिहिवार, भाद्र १६ २०७९

  • 461
    SHARES

  • निलम्बित प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयान सकियो

    काठमाडौं । महाअभियोग सिफारिस समितिले दोस्रो दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयान लिएको छ ।
    जबरा विहान ११ बजे सिंहदरबारमा पुग्नुभएको थियो । झण्डै २ घण्टा चलेको बयानका क्रममा जबरालाई २ वटा प्रश्न मात्र सोधिएको छ ।

    यस्तै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समितिले सोधेको प्रश्न औचित्यहीन भएको दाबी गर्नुभएको छ । प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको विषयमा सोधिएको प्रश्नमा उहाँले यसको कुनै औचित्य नभएको दाबी गर्नुभएको हो ।

    उहाँले समितिको प्रश्नमाथि नै प्रश्न उठाएपछि समितिमा रहेका सांसदहरू आक्रोशित भएका थिए । समिति सदस्य कल्याणी खड्काले निलम्बित प्रधानन्यायाधीश जबराको उत्तरले समितिमाथि नै प्रश्न उठाएको भन्दै विरोध गर्नुभयो ।

    जबराले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको समेत दाबी गर्नुभएको छ ।

    महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये आजसम्म ६ वटा प्रश्न सकिएको छ । अर्को बैठक १९ गतेलाई राखिएको छ ।


    बिहिवार, भाद्र १६ २०७९०१:५६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij